जापानमा रोजगारी यथार्थ र भ्रम

जापानमा रोजगारी यथार्थ र भ्रम

जापान जापान  भनेर अनलाईन समचारहरुको पछाडी दौडीनु पहिला  यथार्थ बुझ्नुहोला।
यहाँनेर बुझ्नुपर्ने यौटा कुरा के छ भने, धेरैले यो प्रकृयालाई कोरियासंगको G to G (EPS)प्रकृयासंग दाँजेर हेरिरहेका छन्, जुन एकदम गलत नजरिया हो । कोरियाको मामिलामा भाषा–परिक्षा पास गरेपछि कोरिया जानको लागि Eligible भईन्छ । यसपाली जापानको प्रकृयाको कुरागर्दा यौटा कुरा के स्पष्ट छ भने, जापानले प्रष्टरुपमा दक्ष तथा अर्धदक्ष कामदारको माग गरेको छ । यसको अर्थ स्पष्ट छ कि भाषा–परिक्षा पास गर्दैमा जापान जानको लागि योग्य भईंदैन । यहिँनेर धेरैको गलत बुझाई रहेको देखिन्छ । यसपाली दक्षताको परिक्षणकोरुपमा भाषा–परिक्षा पास गर्नेहरुसंग अन्तरवार्तापनि लिईने संभावना स्पष्ट छ । तर अनलाईन समाचारहरुमा अस्पष्ट र अपूरो समाचार पस्किदिने गरेका कारण सीधा–सोझा नेपालीहरु फटाहाहरुको चंगुलमा पर्ने वातावरण बन्दै गएको छ । जापान जान ईच्छुकहरुले स्पष्ट बुझ्नुपर्ने यौटा कुरा के छ भने, भाषा–परिक्षा पास गरेरमात्र हुँदैन, आफु कुनै विधामा दक्ष हुनुपनी त्यति नै जरुरी छ । भ्रामक समाचारको फाईदा उठाउँदै केही फटाहाहरुले मान्छे ठग्नपनी भ्याईसकेका रहेछन् । कसैले जापान वर्किङ भिजामा पठाईदिने भनेर प्रतिब्यक्ति १–१ लाख उठाएर अलप भएको समाचार समेत आईसकेको छ । त्यसमाथि अर्को भ्रम के फैलिएको छ भने यो प्रकृया अनुसार २०१९ अप्रिलदेखि जापान उड्न शुरुहुने हो । जबकी मार्च महिना सुरु भैसकेको भाषा–परिक्षाको मिति नै तोकिईसकेको छैन, परिक्षा कहिले हुने, परिणाम कहिले निस्किने, अनि कसरी अप्रिलदेखि उड्न सकिन्छ ? तर अनलाईन समाचारको कमाल यस्तो छ कि धेरैले यही ठानिरहेका छन् कि अप्रिलदेखि जापानतिर उड्ने हो । यस हिसाबले हेर्दा प्रकृया पुरा भएर वास्तविकरुपमा कुनै क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्तिहरुमात्र । जापान जान चाहनेहरुले नहडबडाईकन सही जानकारी लिएरमात्र अघिबढ्न जरुरी छ ।