बाजुरामा वर्तमान कम्युनिष्ट नेतृत्व विश्वभरी नै कम्युनिष्ट

बाजुरामा वर्तमान कम्युनिष्ट नेतृत्व विश्वभरी नै कम्युनिष्ट

धनगढी : राजनीति आन्तरिक फुटका कारण विसर्जनमा जान लागि रहेको बेला, नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीहरु विभिन्नखालका सैद्धाान्तिक तथा वैचारिक मतभिन्नताका बाबजुत संघ र प्रदेससभाको निर्वाचनमा समिकरण गरी अन्तत एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताभएको छ ।

प्रजातान्त्रिक पद्दतीको निर्वाचनमार्फत केन्द्र देखि स्थानीय सहसम्मका सबै सरकार लगभग दुई तिहाईको हाराहारीमा गठन गरी कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरीरहेको छ । यो घटनाले विश्व कम्युनिष्ट राजनीतिका लागि नै नयाँ उत्साहप्रदान गरेको छ । स्वाभाविक नै छ दुई ठूला पार्टीबीच एकीकरण भइरहँदा नेतृत्वको प्रश्न र केही विवादहरु देखि थाल्य पछी । त्यसको असर बाजुरा जिल्लामा पनि परेको देखिन्छ ।

अध्यक्षको लागि सिफारिस गरीएका ४ जनामध्ये दुई जनालाई कार्यालय र एक जना अध्यक्षका लागि लगभग पक्का भइसकेको कार्यकर्ताको बुझाई रहेको छ । प्रस्तावित नेतृत्वकै पेरिफेरिमा यो आलेख केन्द्रित रहने छ ।

विद्यार्थी राजनीतिबाट : आफ्नो राजनीतिकजीवन सुरु गरेको प्रस्तावितअध्यक्ष भरत थापाविद्यार्थीकालमा काठमाडौंमा अध्ययनका क्रममा पाटन संयुक्त क्याम्पसको प्रारम्भिक कमिटी कोषाध्यक्षहुँदै सचिव, अनेरास्ववियू जिल्ला कमिटी सचिवालय सदस्य, अनेरास्ववियू बाग्मती अञ्चल कमिटी सदस्यहुँदै पार्टी राजनीतिकमा होमिएका हुन् ।

बाजुरा जिल्लामा राजनीतिक उपस्थितिभइसकेपछि पहिलो कार्यकालमा नै भरत थापा युवासंघ नेपालका संस्थापकअध्यक्ष भएका थिए ।तत्कालिनमाओवादी शसस्त्र जनयुद्ध चरमोत्कर्समाभएको बेला युवासंघ नेपालको संस्थापक अध्यक्षभई ०५८ सालको दशै र तिहारको बिचमा भलिबल प्रतियोगिता आयोजना भइरहँदा भानोदय उच्चमा.वि.बाट करिब दुई महिनाको लागि अपरहणमा परेको थिए । 

अपहरणमा परेको बेलामा पनि तत्कालिन माओवादीको नेतृत्वसँग माक्र्सवाद, लेलिनवाद, माओवादतथा प्रचण्डपथ तथा जनताको बहुदलिय जनवादका सम्बन्धमा उच्च नेतृत्वसँग वैचारिक बहस गरी आफ्नै प्रतिवादबाट अपहरण मुक्तभएकाथिए । सरकार र माओवादी दुईटा बन्दुकका बीचमा जनताको बहुदलिय जनवादलाई सैद्धान्तिक मार्गदर्शनको रुपमा ग्रहण गरी राजनीतिक रुपमा सक्रिय भइरहनु कुनै चानचुने कुरा थिए ।

द्धन्द्धको समयमा कुनै पनि पक्षबाट कुनै पनि बेला, अपहरण तथा हत्या सम्महुन सक्थ्यो । देश, जनता र जवजलाई लिएर निरन्तर संघर्ष गर्नु भरत थापाको विशेषता जस्तै मान्ने गरेका थिए कार्यकर्ताहरुले । तत्कालिन समयमा माओवादी द्धन्द्धलाई दमन गर्ने नीति अख्तिायार गरेको नेपाली सेनाले बाजुरा जिल्लाका जनता माथि गरेको वर्वरतापूर्वक दमनको विरुद्ध मार्तडीमा आमसभा गरी भीम रावलको आतिथ्यतामा भइरहेको कार्यक्रममा नेपाली सेनाले मञ्चबाट पक्राउ गरेर हिरासतमा राखी चरम यातना दिँदा सम्मपनि भरत थापाले राजनीति त्याग गरेनन् बरु त्याग गरे त तत्कालिन राजनीतिले आम जनसमुदायमा पैदा गरेको डर ।

त्यस्तो संकटको घडीमा पनि जनताकापक्षमा मञ्चबाट आगो ओकल्न सक्ने प्रचुर वक्तित्वक्षमताका कारण जनतामाझचर्चित नेता भरत थापालाई अहिले बाजुरा जिल्लामा पार्टीले अध्यक्षको रुपमासिफरिस गरेकोमा आमकार्यकर्तामा नयाँजागर पैदा भएको कार्यकर्ताको भनाइ रहेको छ ।

पार्टीका भातृ संगठन हुँदै पार्टीको जिल्ला कमिटी सदस्य ःबाट तत्कालिन नेकपा एमालेको राजनीतिमा प्रखर बक्ताको रुपमा आफ्नो ओजनदार प्रस्तुतीदिन सक्ने भरत थापाकार्य वाहक सचिव सम्म छोटो अवधिमा नै भएका थिए । निरन्तर सक्रियाता र पार्टीभित्रको दुई लाइन संघर्षमा पनि तार्किक क्षमता भएका भरत थापाले छोटो समयमा नै नेतृत्वदायि भूमिका निर्वाह गर्न सफलभएका थिए ।

सर्वहारवर्गको सर्वागिण हितका लागि विश्वभरी सुरु भएको कम्युनिष्ट आन्दोलनमा नेपालको नेतृत्व गरीरहेका कम्युनिष्ट पार्टीभित्र पार्टीको आन्तरिक अनुशासन अत्यन्त कडा हुन्थ्यो । त्यो अनुशासनको पूर्ण पालना गरी बाजुरा जिल्ला संगठन विस्तार तथा प्रशिक्षणहरुमा निरन्तर लागि परेका भरत थापा नेपाली राजनीतिमा नयाँमोडका रुपमाआएको २०६२।०६३ को आन्दोलनमा अत्यन्तै सक्रियाता देखाएकाथिए ।

जनआन्दोलनमा सक्रिय सहभागिता तथा योजना निर्माण गरी आम जनसमुदायको परिचालन गरेका कारण धेर ैचोटी प्रहरी हिरासत र गम्भीर घाइते समेत भएकाथिए । जनआन्दोलन सफल भइसकेपछि आजका मिति सम्म भरत थापा निरन्तर रुपमा राजनीतिमा सक्रिय रहि आएका छन् । पार्टी एकीकरण पश्चात् बाजुरा जिल्लाको नेतृत्व तत्कालिन नेकपा एमालेले गर्ने सहमती भए पश्चात् बाजुरा जिल्लामा फेरि भरत थापाको चर्चा चुलिएको छ ।

उनका सम्बन्धमा कर्तामा निकै उत्साह देखिन्छ । गुटगत राजनीतिको सानो घेरामा मात्र रमाउन चाहने केहीतत्वहरु भने भरत थापालाई प्रदेशका अध्यक्ष कर्णबहादुर थापाको नातेदार भएकोले नेतृत्वमा आएको भन्ने अनर्गल प्रचार गरीरहेका छन् । वास्तवमा भन्ने हो भने भरत थापा र कर्ण थापाको पुस्तौपुस्ता सम्मकुनै पनि प्रकारको पारिवारीक नाता छैन ।

                                                                                                                                लेखक : गगन अयडी