एक श्रीमान जो श्रीमतीको हत्या गरेर रातभर लाशसँगै सुते

एक श्रीमान जो श्रीमतीको हत्या गरेर रातभर लाशसँगै सुते

भारतको दिल्लीमा एक महिलाले आफ्ना श्रीमानलाई मदिरा सेवनमा रोक लगाउँदा उनको हत्या भएको छ । श्रीमानले उनको हत्या गरेपछि रातभर लाशसँगै सुतेका छन् । 

हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको निहाल विहार इलाकामा ३० वर्षीय प्रेम सिंहले आफ्नै श्रीमती बबलीको हत्या गरेका हुन् । उनीहरु दुवैजना भाडाको घरमा बस्दै आएका थिए । फरार रहेका प्रेमलाई प्रहरीले पक्रेको छ । 

प्रहरीसँगको बयानमा प्रेमले श्रीमतीसँग मदिरा सेवनका विषयमा झगडा भएको बताएका छन् । विवाद पछि उनको हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुका दुई सन्तान पनि छन् ।