बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’!

बलत्कारबाट जोगिन ‘बुलेट प्रुफ पेन्टी’!

अहिले जताततै बलात्कारका घटना बढिरहेका छन । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको छ । तर छिमेकि भारतमा भने एक छात्राले बलात्कारबाट बचाउन सहयोगगर्ने नयाँखालको पेन्टीको आविष्कार गरेको जनाईएको छ ।

भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खवरले अहिले उनि चर्चामा रहेकि छन ।पेषाले बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खवरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन ।

उनका अनुसार यो अरु साधारण पेन्टीभन्दा फरक किसमको रहेको छ। बलत्कारबाट बाँच्नकोलागि त्यसमा विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको जनार्ईएको छ ।

पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाटमात्र खुलाउन सकिने छ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लागाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनिरेकर्ड गर्नसक्ने  जनाईएको छ । उत्तरप्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकि छन।

उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा न कि यो कपडा जलाउन सकिने बताईएको छ ।पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ ।

आफ्नो एक महिनालामो प्रयासपछि करिव पाँचलाख भारुको लागतमा यो पेन्टीको आविश्कार गर्न आफु सफल भएको उनले जानकारी गराएकि छन ।