काँग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ

काँग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ

नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६  अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।