सामाजिक विकास मन्त्री सोडारीले गरे खेलाडीको विदाई

सामाजिक विकास मन्त्री सोडारीले गरे खेलाडीको विदाई

धनगढी । अन्तराष्ट्रीय कराते प्रतियोगीतामा सहभागी हुन भारतको जयपुर प्रस्थान गर्न लागेको खेलाडी र अफिसियलहरुको बिदाई गरिएको छ ।

सामाजिक विकास मन्त्री दिर्घ सोडारीले मन्त्रालयमा आयोजित एक समारोहका विच विदाई गर्नुभएको हो । विदाइका क्रममा मन्त्री सोडारीले राष्ट्रलाई अन्तराष्ट्रीय स्तरमा पहिचान गराउन खेलाडीले महत्वपुर्ण भुमीका निवार्ह गरेको उल्लेख गर्नुभयो ।

उहाँले खेलकुद क्षेत्र र खेलाडीहरुको विकासका लागी प्रदेश सरकार पुर्ण रुपमा सकारात्मक रहेको उल्लेख गर्दै यस प्रकारका गतीविधिले सरकारलाई सहयोग गर्ने बताउनुभयो । नेपालको तर्फबाट जाने खेलाडीका टोली प्रमुख तथा नेपाल गोजुरियो कराते महासघ नेपालका महासचिव प्रकाश कुमार चन्दलाई नेपालको झण्डा हस्तान्तरण गर्दे मन्त्री सोडारीे जितको लागी अग्रीम सुभकामना व्यक्त गर्नुभयो ।

टोलीमा प्रदेश ७ सहित अन्य ५ वटा प्रदेशका खेलाडीहरुको सहभागीता रहेको छ । दक्षिण एसियाका सहित मलेसिया लगाएतका देशका खेलाडीहरुले उक्त प्रतियोगीतामा सहभागीता जनाउने छन् ।