१०९ औं नारी दिवसको  अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना सन्देश

१०९ औं नारी दिवसको  अवसरमा मुख्यमन्त्री भट्टद्धारा शुभकामना सन्देश

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री  त्रिलोचन भट्टले  १०९ औं नारी दिवसको   अवसरमा देश विदेशमा तथा प्रदेशमा रहेका सम्मपुर्ण  महिला दिदीबहिनीहरुमा नारी दिवसको शुभकामना दिएका छन  । 

जनसंख्याको आधा भन्दा बढी भाग ओगटेको महिलाहरुले हरेक क्षेत्रमा पुरुष सरह समान अवसर पाउनुपर्दछ । बिभिन्न काल खण्डमा भएका ऐतिहासिक  जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरव पुर्ण संघर्षबाट स्थापीत नेपालको संविधानले प्रत्यक महिलालाई लैङ्गिक भेदभाव विना राज्यका हरेक निकायमा समानुपातिक,समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित  गरेको भट्टद्धारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

महिलाहरुको  राजनितिक अधिकार लगायत महिला स्वतन्त्रता,समानता,समावेशीता,समाजिक न्यायका लागी बिभिन्न संघर्षहरुको सम्मान  गर्दै अझै सामाजिक रुपमा देखिएका विभिन्न विकृति, विसंगतीहरुको उन्मुलन गर्नका लागी सामाजिक रुपान्तरणको अभियानमा सहभागी हुनर थप अधिकारका लागी अग्रसर रहन आग्रह गर्दछु ।

साथै यस शुभ अवसरमा महिला दिदी बहिनीहरुमा सुख,शान्ती,समृद्धिका लागी हार्दिक शुभकामना ब्यक्त गर्दछु भनी शुभकामना व्यक्त गरेका छन ।