आज अन्तराष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तराष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय नारी दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईंने भएको छ।  अमेरिकाको न्यूयोर्कमा  सन् १९०९ मा पहिलोपटक कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानताका विरुद्ध आन्दोलन गरेका थिए। यहिबाट शुरुवात भएको महिला दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि मनाउने गरिन्छ।

सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले महिलाको अधिकार र आन्दोलनको समर्थनमा डेनमार्कको कोपनहेगनमा १७ देशका एकसय जना महिला सहभागिले सम्मेलन नै गरे। त्यसताका पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड लगाएतका देशमा महिला दिवस मनाउन सुरु गरिएको थियो ।

अहिले विश्वका प्राय देश लगायत नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनलाई जोडेर यो दिवस मनाउन थालेका छन्। नेपाल सरकारले यस दिवसका दिन आज सार्बजनिक बिदा नै दिएको छ।