१० महिने बालिकाको मृत्यु, हत्या आशंकामा आमाबुबा पक्राउ

१० महिने बालिकाको मृत्यु, हत्या आशंकामा आमाबुबा पक्राउ

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा १० महिने एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको धनचौधरीका कलावती जोशी र  हर्कराज जोशीकी १० महिने छोरी डम्वरा जोशीको मृत्यु भएको हो । 

मृतक डम्वराका हजुरआमा सुनकलाले आफनो नातिनीको हत्या गरेको भन्दै खवर गरेपछि प्रहरी टोली घटनास्थल गएको थियो । 

हत्याको आशमा मृतकका आमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए । 

‘मृतक बालिकाको हत्या नै भएको अहिले नै भन्न सकिदैन ।’ उनले भने, ‘बालिकालाई कुपोषण भएको भन्ने पनि हामीलाई जानकारी आएको छ ।’
मृतक बालिकाकी बज्यैले भने आफनी नातिको हत्या नै भएको प्रहरीलाई बताएकी छन । 

यसअघि पनि दुई छोराको ताराले हत्या गरेको सुनकलाले प्रहरीलाई जानकारी दिएका छन । ताराका श्रीमान् हर्क जोशी सुस्त मनस्थितिका छन ।

‘मृतक बालिकाको शव पोष्टर्माटका लागि सेती अञ्चल अस्पतालमा ल्याउदौ छौ’ डिएसपी वलीले भने, ‘पोष्टमार्टमपछि मात्रै सवै कुरा थाहा हुन्छ । मृतकका आमाबुबालाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेका छौ ।’