महाकाली नगरपालिकाका विद्यालयमा चिसो बिदा

महाकाली नगरपालिकाका विद्यालयमा चिसो बिदा

दार्चुला । जिल्ला सदरमुकामको महाकाली नगरपालिकाका विद्यालयमा चिसो बिदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै यहि पुष २५ गतेदेखि माघ ४ गतेसम्म बिदा दिइएको जनाएको छ ।

पछिल्लो समय चिसो बढ्दै गएकाले नगरपालिकाको सामाजिक विकास समितिको आइतवार बसेको बैठकले १० दिन चिसो बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडालले जानकारी दिए । नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय १० दिन बन्द रहने छन् ।

हिमाली जिल्ला दार्चुलामा मंसिर महिनामै पहिलो हिमपात भएको थियो । जिल्लामा खासगरी माघ महिनासम्म हिमपातका साथै चिसो हुने गर्दछ । अहिले जिल्लाका सबै स्थानीय तहले अर्धवार्षिक परीक्षा संचालन गरिरहेका छन् ।

No description available.