सुदुरपश्चिम स्तरीय औद्योगीक व्यापार मेलामा शुक्रबार देखि सुरु

सुदुरपश्चिम स्तरीय औद्योगीक व्यापार मेलामा शुक्रबार देखि सुरु

कञ्चनपुर उद्योगवाणीज्य संघले आयोजना गरेको सुदुरपश्चिम स्तरीय औद्योगीक व्यापार मेलामा शुक्रबार देखि सुरु भएको छ ।
कृषि पर्यटन र उर्जा विकास, समृद्ध सुदुर पश्चिम प्रदेशको आधार’ भन्ने मुल नाराका साथ सुदुरपश्चिम स्तरीय औद्योगीक व्यापार मेला आयोजना भएको छ ।

शुक्रबार मेलाको उदघाटन गर्दै पुर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सुदुर पश्चिम पर्यटकिय क्षेत्र भएकाले विकासका सम्भावनाहरु भएको बताउनुभयो ।

फागुन २६ गते सम्म आयोजना हुने मेलामा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्ट उत्पादन, सुचना प्रविधी लगायतको १ सय ७० भन्दा बढी स्टलरहरु रहेको छ ।