यौन सम्बन्धी अहिलेसम्मकै अनौठा ५ अध्ययन

यौन सम्बन्धी अहिलेसम्मकै अनौठा ५ अध्ययन

यौनका विषयमा भएका जुनसुकै अध्ययन अनुसन्धान तथा सर्वेर्क्षणहरुमा हाम्रो यतिधेरै रुची किन हुन्छ होला ? यो मानव स्वभाव होला । तथ्यले नै बताउँछ की दुनियामा सबैभन्दा धेरै बिक्ने चिज भनेकै सेक्स र अपराधको विषय हो ।

सायद त्यहीँ बिकाउ चिज भएर होला दुनियामा यौनका विषयलाई लिएर अनगिन्ती अध्ययन अनुसन्धान भएका छन् ती मध्ये कतिपय केवल प्रचारबाजीका लागि मात्र समेत हुने गरेका छन् । कतिपय अध्ययन र त्यसका निष्कर्ष त सुन्दैमा हाँसो उठ्ने खालका हुन्छन् । विश्वमा भएका सेक्स सम्बन्धि पाँचवटा अध्ययन तथा त्यसका निष्कर्ष यस्ता छन्-

१. इन्टरनेटको आधा खर्च सेक्समै

विश्वास गर्नुस् नगर्नुस् । सन् २००५ मा भएको एक अध्ययन अनुसार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा खर्चिने मध्ये आधा भन्दा बढि रकम सेक्स सँग सम्बन्धित सामाग्रीमा गर्दछन् । इन्टरनेटमा पैसा तिरेर हेर्नुपर्ने भिडियो, फोटो तथा म्यागेजिन लगायतमा मानिसले यतिधेरै खर्च गर्दछन् की त्यो खर्च विश्वमा इन्टरनेटमा गरिने पूरै खर्चको आधा हुन आउँछ । यो सम्बन्धि अध्ययन सेक्सुअल एडिक्सन एण्ड कम्पल्सिटी जर्नलमा छापिएको थियो ।

२. भैपरी आउने सेक्स स्वास्थ्यका लागि फाइदाजनक

यौन सम्पर्क पूर्वयोजनाबद्ध भन्दा तत्क्षण तथा भैपरी भयो भने त्यो बढि सन्तुष्टिदायी तथा फाइदाजनक हुने एक अनुसन्धानले देखाएको छ । अमेरिकाको न्युयोर्क युनिभर्सिटी तथा कर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार भैपरी तथा अनौपचारिक सेक्सले निरासा तथा डिप्रेसन घटाउने तथा आत्मविश्वास बढाउने काम गर्दछ ।

३. पुरुषले खानुपर्छ फर्सी, कारण हाँसोउठ्दो पो छ

अमेरिकाको दी स्मेल एण्ड टेष्ट टि्रटमेन्ट एण्ड रिसर्च फाउण्डेसनले गरेको अध्ययनले एउटा रोचक तथ्य पत्ता लगायो, जुन हाँसोउठ्दो पनि छ । उक्त अध्ययन अनुसार फर्सीको गन्धले पुरुषमा उत्तेजना बढाउँछ । फर्सीको गन्धले पुरुषको लिंगमा रक्तप्रवाह बढाउँछ । त्यसैले लिंग उत्तेजना नहुने समस्या रहेका पुरुषहरुले आफ्नो दैनिक भोजनमा फर्सीलाई समावेश गराउनु आवश्यक हुन्छ ।

४. लामो लिंग हुने पुरुषलाई श्रीमतीले धोका दिने

हाँसोउठ्दो तर सत्य । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा छापिएको शोध अनुसार पुरुषको लिंग जति लामो भयो उसलाई उसकी श्रीमतीले धोका दिने जोखिम उति नै बढि हुन्छ । बढि ठूलो आकारको यौनांग भएका श्रीमानका कारण श्रीमतीहरु दैनिक रुपमा त्रसित हुने र पीडा भोग्नु पर्नाका कारणले उनीहरुले सानो हतियारवाला पुरुषको खोजी गर्ने अध्ययनको निष्कर्ष छ ।

६. घरयासी धन्दा छाड्नुस्

यसअघिका अध्ययनहरुले घरको काममा श्रीमतीलाई सघाउने पुरुषहरुको यौन जिवन सुखी हुने र त्यस्ता दम्पतिहरुको यौन सन्तुष्टि बढि प्राप्त गर्ने देखाएका थिए । तर अमेरिकन सोसियोलोजिकल रिभ्यु जर्नलमा हालै छापिएको शोधले भने यसलाई गलत सावित गरेको छ ।

अमेरिकी शोध अनुसार श्रीमान-श्रीमतीले घरायासी कामधन्दा जति धेरै शेयर गर्छन् उनीहरुबीच उति नै कम सम्भोग हुन्छ । अर्थात् घरमा प्रायः महिलाले गर्ने कामहरु जस्तै सरसफाइ तथा भान्साको काम गर्ने पुरुषहरुले आफ्नी श्रीमतीसँग कम सहवास गर्दछन्, घरायासी धन्दा नगर्ने पुरुषहरुको तुलनामा ।