प्रतिपक्षी दलले अवरोध गर्ने सुईकोपछि प्रदेश ७ को संसद बैठक सुचना टाँस गरेर स्थगित

प्रतिपक्षी दलले अवरोध गर्ने सुईकोपछि प्रदेश ७ को संसद बैठक सुचना टाँस गरेर स्थगित

फोटो : शुक्रवारको संसद बैठकमा विरोध उठेर विरोध जनाउदै काग्रेस सांसद । 

धनगढी : प्रदेश ७ को प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ । 

अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न भन्दै शुक्रवारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले विरोध जनाएपछि स्थगित बैठक सोमवार दिउँसो ३ बजेका लागि बोलाईएको थियो । 

प्रतिपक्षी दलले सोमबारका लागि बोलाईएको बैठक पनि अवरुद्ध गर्ने जानकारी सरकारले पाएपछि प्रदेश सभा सचिवालयले सुचना टाँस गरि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।

‘सभामुखको निर्देशनपछि सोमवारका लागि बोलाईएको संसद स्थगित सुचना टाँस गरेका हौ ।’ प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले भने । 

गोविन्द केसीमा माग सम्बोधन गर्न भन्दै शुक्रवारको बैठकमा विरोध जनाएको काग्रेसले शनिवार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सोमवारको बैठका पनि विरोध जनाउने तयारी गरेको थियो ।