बैतडीमा जीप दुर्घटना ५ जनाको मृत्यु , ५ जना घाइते

बैतडीमा  जीप दुर्घटना  ५ जनाको मृत्यु   , ५ जना घाइते

बैतडीमा सोमबार साँझ  जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा  दुर्घटना हुँदा ४ जनाको जनाको घटनास्थलमै  मृत्यु भएको र एक जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ ।

दुर्घटनामा परेर  ज्यान गुमाउनेमा पाटन ७ कैलपाल माइती घर भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई , पाटन नगरपालिका १ सकार की ४० वर्षीया जानकी भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको रहेका छन्।

 घाइते ५ जनाको अवस्था सामान्य रहेको उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र केन्द्र पाटनमा उपचार भइरहेको पाटन का प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । घटनाको कारण खुलेको छैन् । जीप चालक भने  फरार छन् ।