सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन, ढुक्कसँग जनताको पक्षमा काम गरौँ : प्रचण्ड

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन, ढुक्कसँग जनताको पक्षमा काम गरौँ : प्रचण्ड

धनगढी ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् ।

बुधवार बिहान धनगढी विमानस्थलमा पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरेका छन् ।

''अहिले सरकार यता उता गर्ने भन्ने केही छैन । त्यस्तो कुरा चलेको पनि छैन । कसैले उठाएको पनि छैन । त्यस कारण सरकारले ढुक्कसँग जनताको पक्षमा काम गर्न केही व्यवधान छैन ।'' उनले भने । 

भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन ।

 गठबन्धनले सरकार मजाले चलाउन पाइएको छ, अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ? :  प्रचण्ड