पहाडी भूभागमा आंशिक बदली बाँकी भूभागमा मौसम सामान्यतया सफा, चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध

पहाडी भूभागमा आंशिक बदली बाँकी भूभागमा मौसम सामान्यतया सफा, चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध

उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम विश्लेषण गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

जसअनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।