आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने १ जना पक्राउ परेका छ्न । श्रीमानले मादक पदार्थ रक्सी सेवन गरी शारिरिक रुपमा यातना दिई पटक पटक ईच्छा बिपरित जबरजस्ती करणी गर्ने गरेको हुदा पक्राउ गरी कानुन बमोजिम हदै सम्मको सजाय गरी पाउ भनि साफेबर नगरपालिकाकि २३ बर्षकी एक महिलाले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी हुन ।

दरखास्त अनुसार मुद्दा दर्ता गरी ४५ बर्षका एक पुरुषलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाइ हिरासतमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी जनक बहादुर शाहिले जानकारी दिनुभयो ।