महेन्द्रनगर जेसिजको ‘जेसिज सप्ताह’आज बाट सुरु

महेन्द्रनगर जेसिजको ‘जेसिज सप्ताह’आज बाट सुरु

कञ्चनपुर, २४ कार्तिक ।
महेन्द्रनगर जेसिज वर्ष २०२१ को ‘जेसिज सप्ताह’ आजबाट सुरु भएको छ।
जेसिजले सप्ताहलाई हरेक वर्ष मुख्य पर्वकै रूपमा मनाउदै आएको छ। यसै सप्ताह अन्तर्गत महेन्द्रनगर जेसिजले सप्ताहको पहिलो दिन आज महाकाली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण र भिमदत्त नगरपालिका सालघारीमा अवस्थित कालिका मन्दिरको सरसफाइ गर्दै 'जेसिज सप्ताह'को सुरुवात गरेको छ। जेसिज सप्ताह अबको एक हप्ता सम्म निरन्तर चल्ने महेन्द्रनगर जेसिज वर्ष २०२१ का अध्यक्ष हरिश प्रशाद भट्टले बताएका छ्न । उनका अनुसार महेन्द्रनगर जेसिजले आज महाकाली अस्पतालमा उपचारार्थ रहेका ५० भन्दा बढी बिरामीहरुलाई स्याउ केरा सुन्तला लगायतका फलफुल वितरण गरेको हो भने अस्पतालकै पछाडी सालघारीमा अवस्थित कालिका मन्दिरमा सरसफाइ गरेको बताए। 
 

उक्त जेसिज सप्ताह कार्यक्रमको उद्घाटन महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष जेसि पवनचन्द्र लेखकले गरेका थिए । कार्यक्रममा महेन्द्रनगर जेसिज वर्ष २०२१ का  बोर्डका पदाधिकारीहरु जेसि जानकी रोकाय, जेसि हरिश जोशी,जेसि राहुल शर्मा लगायतको उपस्थिती रहेको थियो । सप्ताहको पहिलो दिनको कार्यक्रमको संयोजन महेन्द्रनगर जेसिज वर्ष २०२१ का कोषाध्यक्ष जेसि राजेन्द्र बहादुर पाल र उपाध्यक्ष  जेसि अक्क्षत पाण्डेयले गरेका थिए।