छ लेन सडक निर्माणमा सरकारी कार्यालय नै बाधक !

छ लेन सडक निर्माणमा सरकारी कार्यालय नै बाधक !

धनगढी : निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडक निर्माणमा सरकारी कार्यालय नै बाधक देखिएका छन । 

यसअघि जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै केही घरधनीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि निर्माण कार्य करिव चार महिना धकेलिएको थियो । 

त्यसपछि आयोजनाको पक्षमा अदालतले फैसला गरेपछि निर्माण कार्य सुरु भएको थियो । 

आयोजना प्रमुख मनिष कुमार शाहका अनुसार सडक सिमा भित्र पर्ने व्यक्तिगत संरचना अधिकाश भत्काई सकिएको छ । तर, सरकारी कार्यालयका सरचना भने अझै भत्काउन बाकी छ । 

‘करिव ९५ प्रतिशत सडक सिमा खाली भईसकेको छ । एक दुई स्थानमा मात्रै नीति सरचना भत्काउन बाकी छ ।’ आयोजना प्रमुख शाहले भने, ‘अहिले आएर सरकारी कार्यालय नै सडक निर्माणमा बाधक देखिएका छन ।’

सरकारी कार्यालयले नै सडक क्षेत्रमा परेका सरचना नभत्काउदा सडक निर्माणमा ढिलाई हुन थालेको छ । 

आयोजनाका अनुसार करिव आधा दर्जन सरकारी कार्यालयले ६ लेन सडकमा पर्ने सरचना भत्काएका छैनन । 

भन्सार कार्यालय, हुलाक कार्यालय, अत्तरीया नगरपालिका लगायतका कार्यालयले अझैसम्म सडक सिमामा पर्ने सरचना भत्काएका छैनन । 

सरचना भत्काउनुको साटो भन्सार कार्यालयले सडक सिमामा नया भवन निर्माण गर्न लागेको आयोजना प्रमुख शाहले जानकारी दिए । 

चार महिनादेखि सरचना भत्काउन आग्रह गरेको भएपनि भन्सार कार्यालयले सरचना भत्काउनुको साटो सिमा क्षेत्रमा नयाँ सरचना निर्माण गर्न लागेको शाहले बताए । 

अत्तरीया क्षेत्रमा घर टहरा भत्काउन भूमिका खेलेको गोदावरी नगरपालिकाले पनि सडक सिमामा पर्ने आफनै भवन भत्काउन अटेरी गरेको शाहले गुनासो गरे । त्यस्तै, अत्तरीयामा रहेको हुलाक कार्यालयको भवन पनि भत्काईएको छैन । 

विद्युत कार्यालयका कारण पनि सडक निर्माणमा ढिलाई भईरहेको आयोजना प्रमुख शाहले बताए । उनले विद्युत कार्यालयले विद्युत लाईन सार्न ढिलाई गरिरहेको जनाए । 

उनका अनुसार विद्युत तार र पोल मात्रै हैन, अत्तरीयामा रहेको विद्युत ट्रान्समिटर पनि अझै विद्युत कार्यालयले हटाएको छैन । उक्त ट्रान्समिटर सडक सिमा भित्र परेको भन्दै दुई महिना अघि छ लेन सडक आयोजनाले हटाउन आग्रह गरेपनि विद्यतु कार्यालयले अटेरी गरिरहेको हो । 

आयोजना प्रमुख शाहले सडक निर्माणमा सरकारी कार्यालय नै बाधक बनेका कारण प्रमुख जिल्ला अधिकारीसग यस विषयमा छलफल गर्ने बताएका छन । 

सडक निर्माणमा विविध समस्या हुदा निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य सुस्त देखिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक निर्माणको कार्य एक वर्ष भन्दा बढी समय हुदा पनि २५ प्रतिशत मात्रै सम्पन्न भएको आयोजनाले जनाएको छ । 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि गत वर्षको जेठ देखि निर्माण कार्य सुरु भएको मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण अवधि सकिन अव एक वर्ष पनि बाकी छैन । 

तर, मोहनापुलदेखि वोराडारी, वोराडाडीदेखि गेटा माछा पालन र माछापालनदेखि अत्तरीयासम्म गरि तिन भागमा निर्माण भईरहेको सडकको निर्माण भने निकै सुस्त गतिमा भईरहेको छ ।

आयोजना प्रमुख मनिष शाहका अनुसार सडकको निर्माण कार्य हालसम्ममा २५ प्रतिशत मात्रै भएको छ । 

निर्माण कार्यमा ढिलाई हुदा जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा बढी अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको २४ करोड फ्रिज भएको छ । 

१ अर्व ६८ करोड लागतमा निर्माण भईरहेको प्रदेश ७ को आर्थिक विकाश र सम्बृदिसग जोडिएको छ लेन सडक हालसम्ममा करिव ४० प्रतिशत भन्दा निर्माण हुनुपर्ने हो । 

तर, हालसम्ममा २५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न हुनुले छ लेन सडक समयमै सम्पन्न हुनेमा आशका उब्जाएको छ ।