प्रतिबन्धित भारतीय कुखुरा रोक्न माग

प्रतिबन्धित भारतीय कुखुरा रोक्न माग

कञ्चनपुरका कुखुरा व्यवसायीले प्रतिबन्धित भारतीय कुखुरा आयातमा रोक लगाउन माग गरेका छन् । गत शनिवार महेन्द्रनगरमा आयोजित कुखुरा तथा अन्डा उत्पादन किसान संघको भेलाले अवैध रूपमा प्रतिबन्धित भारतीय कुखुरा आयात भइरहेको भन्दै यस्तो माग गरेका हुन् । संघले भारतीय कखुराको आयातले स्वदेशी किसान मारमा परेको र उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको बताएको छ ।