विपद् व्यवस्थापनका लागी सुदूरपश्चिमका सबै जिल्लालाई २५/२५ लाख दिने प्रदेश सरकारको निर्णय

विपद् व्यवस्थापनका लागी सुदूरपश्चिमका सबै जिल्लालाई २५/२५ लाख दिने प्रदेश सरकारको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइएको आपत्तकालिन बैठकले विपदबाट प्रभावित परिवारलाई जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्दार गर्नका लागि सो कोषमा रकम विनियोजन गरेको हो ।

शनिबार रातीदेखि परेको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा मानविय तथा भौतिक क्षति पुगेको छ । पहिरोमा परि प्रदेशको डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको थियो ।

जस मध्ये रु.१५ लाख जिल्ला बिपद ब्यबस्थापन कोषमा र रु.५र५लाखका दरले नौ वटै जिल्लाका सुरक्षा निकाय नेपाल प्रहरी र शसस्त्र प्रहरी लाई उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५÷२५ लाख विनियोजन गरेको छ ।
‘त्यो रकम अहिलेको तत्कालको लागि हो । क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउँने छौं’ आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो । ’