अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अछाममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

अछाम : जबरजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वर बस्ने ३५ वर्षीय जगतबहादुर रावललाई अछाम प्रहरीले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो ।

फागुन १० गते राति ४२ वर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको समयमा ढोकाको चुकुल भाँचेर घरभित्र प्रवेश गरी जबरजस्ती करणी गर्न खोजेको पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

करणी सम्बन्धी कसुर मुद्धामा किटानी जाहेरी दिएका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।