तेस्रो संस्करणको उपाधी अत्तरीया लाई

तेस्रो संस्करणको उपाधी अत्तरीया लाई

पहिलो पटक फाइनलमा पुगेको सीवाईसी अत्तरियाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै धनगढी प्रिमियर लिगकाे उपाधि उचालेकाे छ ।

महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले १९ दशमलव ५ ओभरमा पुरा ग¥यो। अत्तरियालाई जिताउने क्रममा सन्नी पटेलले अविजित ४७ रनको पारी खेले। यस्तै जयकिशन कोल्सावालाले ३० र कप्तान दिपेन्द्रसिह ऐरीले १७ रन बनाए।

बलिङमा महेन्द्रनगरका मोहमद नाविद र सागर ढकालले २÷२ तथा अविनास बोहरा र सहाव आलमाले १÷१ विकेट लिए। यसअघि टस जितेर व्याटिङ गरेको महेन्द्रनगरले निर्धा्रित २० ओभरमा अलआउट हुँदै १ सय २३ रन बनायो।

उस्का लागि दिलिप नाथले ४३, कुशल मल्लले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाविदले १० रन बनाए। बलिङमा अत्तरियाका दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले समान २÷२ तथा कन्नी पटेलले १ विकेट लिए।

महेन्द्रनगरका ५ ब्याट्सम्यान रन आउट भएका थिए ।प्रतियोगिताको बिजेता अत्तरियाले ३० लाख नगद पुरस्कार हात पारेको छ । यस्तै उपविजेता महेन्द्रनगरले १२ लाखमाा चित्त बुझाएको छ ।