गोदावरी स्थायी राजधानी  घोषणा भए सगै जग्गाको मुल्य दोब्बरले बृद्धि

गोदावरी स्थायी राजधानी  घोषणा भए सगै जग्गाको मुल्य दोब्बरले बृद्धि

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि गोदावरी नगरपालिकामा जग्गा खरीद गर्नेहरुको आकर्ष बढिरहेको छ भने जग्गाको मुल्य पनि बढेको छ ।

२०७५ साल असोज १२ गतेको प्रदेश सभाको बैठकबाट दुई तिहाई बहुमतका साथ गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को क्षेत्रमा पर्ने गरी स्थायी राजधानीका लागि संरचना निर्माण गर्ने निर्णय गरिएको थियो ।

सुगम र शहरी स्थानतिर बसाई सर्ने परिपाटी भएपनि राजधानी तोकिएको क्षेत्र हरी क्षेत्र नभएपनि त्यहाँ जग्गा किन्नेहरुको आकर्षण भने बढेको पाईन्छ । प्रदेश सभाले स्थायी राजधानीका लागि कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा पर्ने तेघरी स्थित गोदावरी नदीदेखि पूर्व ,गोदावरी–डडेल्धुरा सडकदेखि पश्चिम, नेपाली सेनाको ब्यारेकदेखि उत्तर–पश्चिम र अत्तरिया बजारदेखि उत्तरतिरको चारकिल्ला तोकेको छ ।

गोदावरीमा राजधानी तोकिए सगै सो क्षेत्रमा जग्गा किन्न खोज्ने मान्छेहरुको भीड बढ्न थालेको छ । जग्गा किन्नेहरुको आकर्षण बढे संगै सो क्षेत्रमा जग्गाको मुल्य समेत बढेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला र कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रबाट सो क्षेत्रमा जग्गा किन्न आउनेको भीड बढेको छ ।

असोज महिना भन्दा पहिले प्रति कठ्ठा ५० लाख रुपैया र सो भन्दा कम मुल्यमा कारोबार भएको जग्गा हाल प्रति कठ्ठा एक करोडमा कारोबार भइरहेको गोदावरी नगरपालिका तेघरी क्षेत्रमा बसोवास गर्दै आएका हरि सिहँ कुवरले बताए ।

उनले गोदावरीमा राजधानी तोकिए सगै जग्गाको कारोबारमा बिचौलियाहरुको सख्यामा पनि वृद्धि भएकोे बताए । तेघरीकै स्थानीय निराजन विष्टले पहाडका विभिन्न जिल्ला तथा तराईकै जिल्लाका पनि बिभिन्न ठाउँबाट जग्गा किन्न मानिसहरु आउने गरेको बताए । उनले भने पहिलेको भन्दा अहिले जग्गा किन्न आउने व्यक्तिहरुको चहलपहल धेरै बढेको उनको भनाई छ ।

तेघरीमा राजधानी तोकिए पछि जग्गाको मुल्य कारोबार अनुसार निरन्तर बढिरहेको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए  तेघरी क्षेत्रमा राजधानी तोकिएपछि जग्गाको मुल्य मात्र बढेको छैन्, अत्तरिया क्षेत्रको ब्यापार र ब्उवसायमा पनि बृद्धि भएको सापकोटाले बताए ।

अहिले सो क्षेत्रमा उद्योगी व्यवसायी पनि आकर्षित भएको र पछिल्लो समयमा पहाडी जिल्ला बाट बसाईसरेर आउने मानिसहरुको सख्यामा वृद्धि भएको उनर्को  भनाई छ ।

जग्गाको कारोबार बढेको र आफ्नो क्षेत्रमा प्रदेशको स्थायी राजधानी तोकिदाँ खुशी भएका स्थानीयहरुमा गोदावरीमा राजधानी बनाउदा ठुलो मात्रामा बनजगंल फडानी हुँदा वातावरणमा पर्ने प्रतिकूल असर प्रति भने स्थानीय निराश बनेका छन ।