आजको मौसम : सामान्य बदली रही हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : सामान्य बदली रही हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ भने बागमती, गण्डकी, सुदुर पश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।