चीनमा चर्चित छिन् यी हजुरआमा

चीनमा चर्चित छिन् यी हजुरआमा

भिडिओ सामग्रीहरु भएको पीअर भिडिओ नामक वेबसाईटमा मिस ची भनेर ति ७३ वर्षिया अवकाशप्राप्त शिक्षिका भन्छिन्, "बुढेसकालमा सन्तानका लागि अनावश्यक बोझ बन्नु भन्दा मलाई सकेसम्म विभिन्न स्थानको यात्रा गरेर समय विताउन उचित लागेको छ।"

उनको यात्रा बारे इन्टरनेटमा राखिएको छोटो भिडिओले अवकाशप्राप्त वृद्धवृद्धाले आफ्ना सन्तानको परिवारमा बसेर नातिनातिना खेलाउंदै बांकी जीवन कटाउनु पर्छ भन्ने चिनियाँ समाजमा विद्यमान परम्परातग धारणाका बारे बहस शुरु गरिदिएको छ।

मि ची आफ्नो भिडिओमा भन्छिन्," वृद्धवृद्धाले घरमै बसेर घरेलु काम गर्ने र आफ्ना छोराछोरी र नातिनातिनाको हेरविचार गर्ने गर्नुपर्छ नै भन्ने के छ र?"

"हामीले पनि आफ्नो जीवन आफ्नै ढंगले जीउनुपर्छ।"

भिडिओमा मिस चि भन्छिन् उनले जिन्दगीभर नै युरोप, उत्तर अमेरिका र एशियाका विभिन्न देशहरुको यात्रा गरेर समय विताएकी छिन्।

उनले चीनको दक्षिणपश्चिम फुजीआन प्रान्तस्थित क्वानझु शहरमा गरेकी भ्रमणलाई पीअर भिडिओ टोलीले पछ्याएको थियो।

चिनियाँ हजुरआमातस्वीर कपीराइटPEAR VIDEO

उक्त भिडिओमा उनी एउटा सामुहीक आवास गृहमा बसेको देख्‍न सकिन्छ। उनी आफू विद्यार्थीहरुसंग घुमेर र उनीहरुसंग मिलेर खर्च गरेर पैसा जोगाउने गरेको बताउंछिन्।

युवाहरुसंग भेटघाट गर्नु आफ्नो यात्राको एउटा महत्वपूर्ण कुरा भएको उनको भनाई छ। "म तिनीहरुसंग कुरा गर्छु र तिनीहरुले थुप्रै ताजा र नयां कुराहरु बारे मलाई बताउंछन्," उनी भन्छिन्।

उनकी आमा पनि अझै जिवित नै छिन् र मिस चि भन्छिन् उनी हरेक दिन आफ्नी ९२ वर्षिया आमालाई भिडिओ कल गरेर आफ्नो यात्रा र आफू रहेको ठाउंको बारेमा बताउने गर्छिन्। संगसंगै उनी आफ्ना छोराछोरी र नातिनातिनाका लागि सामाजिक संजालमा आफ्नो यात्राका बारे तस्वीरहरु पनि राख्‍ने गर्छिन्।

"मेरो पब्लिक एकाउन्ट छ," मिस चि भन्छिन्, " त्यस्तो एकाउन्ट खोलेको पांच महिना जति भयो। त्यसमा म सबथोक लेख्छु: मेरा सम्झनाहरु, मेरा प्रेरणाहरु - मेरा छोराछोरी र नातिनातिनाका लागि मेरो सम्झनाहरुको डायरी।" बीबीसी नेपालीबाट