सुदूरपश्चिमको अर्थमन्त्रीमा तारालामा तामाङ्ग र अर्थ राज्यमन्त्रीमा बोहरा नियुक्त

सुदूरपश्चिमको अर्थमन्त्रीमा तारालामा तामाङ्ग र अर्थ राज्यमन्त्रीमा बोहरा नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ्ग नियुक्त भएका छन । भने अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन । आज साँझ प्रदेश प्रमुखको कार्यालयमा उनीहरुलाई सपथ ग्रहण गराइएको हो । 

मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका हुन्। लामा नेकपा (एस) कञ्चनपुर अध्यक्ष र यसअघि एमालेको प्रमुख सचेतक समेत थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन ।

उनी वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन । यसअघि नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।

एमाले विभाजनपछि दुवै सांसदले नेकपा एस रोजेका थिए । अहिले सुदूूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । हाल नेकपा एसमा १४ सांसद रहेका छन् ।