आज ऋषिपञ्चमी : गोदावरीमा बिहानैदेखि व्रतालु महिलाहरूको भीड (फोटोफिचर)

आज ऋषिपञ्चमी : गोदावरीमा बिहानैदेखि व्रतालु महिलाहरूको भीड (फोटोफिचर)

धनगढी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी विशेषगरी हिन्दू नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी मनाने गर्छन् । यसपालीको ऋषिपञ्चमी आज परेको छ ।

बिहानैदेखि व्रतालु महिलाहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरी पूजा-आराधनामा लीन छन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको पाइन्छ ।

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस ‘पाप’बाट मुक्ति पाइने धार्मिक विश्वास छ । यसैगरी कैलालीको गोदावरी धाममा पनि आज विहानैदेखि स्नान गर्ने र पुजा गर्ने वर्तालुहरुको घुइँचो छ । 

No description available.No description available.No description available.No description available.