तोकिएको समयमा पुरा भएन बसपार्क स्तरोन्नतिको कार्य

तोकिएको समयमा पुरा भएन बसपार्क स्तरोन्नतिको कार्य

धनगढी : धनगढी बसपार्क स्तरोन्नतिको कार्य तोकिएको समयमा पुरा हुन सकेको छैन ।

असार २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहे पनि अझैसम्म बसपार्क स्तरोन्नतिको कार्य पुरा हुन नसकेको हो । 

निर्माण अवधि सकिदा पनि बसपार्क निर्माणको कार्य अझै २५ प्रतिशत बाकी रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र वोहराले बताए ।

बसपार्क स्तरोन्नतिका लागि राजेन्द्र–रुद्रावती जेभीसंँग १ करोड ३४ लाख ९२ हजार रुपैयामा सम्झौता भएको थियो । यसअघि बसपार्कमा सुदुरपश्चिम यातायात व्यवसायी संघका बस रहेका कारण निर्माण कार्यमा ढिलाई भएको थियो । 

पटक पटक वस हटाएर स्थान खाली गरिदिन आग्रह गरेपनि सघले ढिलो गरि बसपार्क खाली गरिदिदा निर्माण कार्यमा ढिलाई भएको जनाईएको छ । 
निर्माण कम्पनी राजेन्द्र–रुद्रावती जेभी बसपार्क स्तरोन्नतिका लागि ६ महिनाको म्याद थप गर्ने तयारीमा छ । सहरी विकास तथा भवन निर्माण डिभिजन धनगढीका प्रमुख वोहराले भने तिन महिना मात्रै म्याद थप गरिने जानकारी दिए ।

शघन सहरी विकास कार्यक्रम अन्तर्गत स्तरोन्नति भईरहेको बसपार्कको कालोपत्रे गर्न बाकी छ । 

निर्माण कम्पनीले केही दिन अगाडी कालोपत्रेको काम सुरु गरेपनि वर्षातको समय सुरु भएकोले कालोपत्रे गुणस्तरीय नहुने भन्दै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रोक्नका लागि निर्देशन दिएको थियो । 

अव वर्षातपछि बसपार्कको कालेपत्रे गर्नेका लागि म्याद थपिन  लागिएको हो । निर्माण व्यवसायी किशोर ठकुराठीले वर्षाका कारण तत्काल कालोपत्रे गर्न नसकेको बताउनुभयो । वर्षा सुरु भएपछि कालोपत्रेको काम सुरु गरिने उनले दावी गरे ।

म्याद थपिने भएपछि बसपार्क स्तरोन्नतिको कार्यमा ढिलाई हुने भएको छ । वर्षातका कारण साउन र भदौमा निर्माणको कार्य गर्न नसकिने निर्माण कम्पनीले बताएको छ । 

त्यसपछि दशै र तिहारमा पनि कामदार अभावले बसपार्क स्तरोन्नतिको कार्यले हुन नसक्ने बताईएको छ । त्यसले बसपार्क स्तरोन्नतिको कार्य सम्पन्न हुनका लागि अझै माघ महिनासम्म कुनुपर्ने भएको छ ।