तामझामका साथ शुरु गरिएको जाखोर ताल सरसफाई अभियान अलपत्र

तामझामका साथ शुरु गरिएको जाखोर ताल सरसफाई अभियान अलपत्र

धनगढी : धनगढी उपमहानगरपलिका वडा नम्वर  ७ देवरियामा रहेको  पर्यटकीय जाखोर तालको सरसफाई अभियान अलपत्र परेको छ । निकै तामझाम का साथ सुरु भएको जाखोर ताल सरसफाई अभियान हाल आएर रोकिएको हो ।

उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडको सक्रियतामा शुरु भएको सरसफाई अभियान दुई हप्तासम्म मात्रै सञ्चालन भयो ।

ताल पूर्ण रुपमा सफाई हुने अपेक्षा लिएका स्थानीय बासिन्दा र आन्तरिक पर्यटकहरु अभियान अलपत्र पर्दा निराश बनेका छन् ।

धनगढी उपमहानगर क्षेत्रभित्र महत्वपूर्ण जैविक विधिता भएको देवहरिया वनस्पति उद्यानको क्षेत्रभित्र रहेको जाखोर ताल पनि विविधता बोको ताल हो ।

पछिल्लो पटक माछा मार्न रोक लगाइएपछि स्थानीयहरुले गर्दै आएको ताल सफाई रोकिएपछि तालभित्र बढेको जलकुम्भी हटाउन उपमहानगरपालिकाका प्रमुख वडको अगुवाईमा निकै तामझामसहित अभियान शुरु भयो ।

शुरुवतालमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा दुई हत्पा सम्म सफाई समेत गरियो । तालको पूर्वपट्टिको छेयबाट शुरु गरिएको सफाई अभियान एक कुना पनि राम्रोसित सफाई नहुादै अभियान रोकिएको छ । पर्यटकीय स्थल धनगढीको जाखोर तालमा फैलिएको जलकुम्भी हटाउन  भन्दै मंसीर ८ गते बाट सुरु भएको सरसफाई अहीले सुस्ताएको छ ।

देवरिया वनस्पति उद्यान परिसरमा अवलोकनका लागि दैनिक ३ सय ५० जना भन्दा बढी मानिसहरु आउने गरेका छन् । उद्यानको एक सय हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा रहेको  ताल लाई सुन्दर बनाउने भन्दै जाखोर ताल सरसफाई कार्याक्रम सुरु भएको थियो  ।

पानी चिसो भएका कारण सफाई गर्न समस्या भएको भन्दै रोकिएको अभियान अझै शुरु नभएको स्थानीय चेतराम रानाको भनाई छ । 

बनस्पति अनुसन्धान केन्द्रले माछा पालनमा रोक लगाएपछि ताल क्षेत्रमा जलकुम्भी फैलिएको स्थानिय को भनाई छ । धनगढी उपमहानगरपालिकाले अभियान सुरु गरेको ३ महिना बिती सक्दापनि रोकिएको सरसफाई को काम अगाडि बढेको छैन ।

आम सहभागितामा सरसफाई गर्ने लक्ष लिएको उपमहानगरले पछिललो पटक टेयण्र मार्फत सरसफाई गर्ने योजना बनाएको छ ।

राष्ट्रपति चुरे संरक्षण समितिको ४० लाख र धनगढी उपमहानगरपालिका  को १२ लाख जम्मा ५२ लाखको टेन्डर भइसकेको र सर्वेक्षण कार्य पनि सुरु भएको  धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाले बताए । 

तालको सरसफाई गरी आकर्षक बनाउन सके धनगढी क्षेत्रको मुख्य पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सो क्षेत्रमा उपमहानगरपालिकाले लगानी बढाउनुपर्ने स्थानीयको माग छ ।