त्रिनगर नाकामा नागरिक सहायता कक्ष शुरु

त्रिनगर नाकामा नागरिक सहायता कक्ष शुरु

धनगढी : रोजगारीका लागि भारत जाने र भारतबाट फर्कने नेपाली हरुले सीमा भोग्नुपरेका समस्यालाई कम गर्न सोमबारदेखि कैलालीकोे त्रिनगर नाकामा नागरिक सहायता कक्ष शुरु गरिएको छ ।

कक्षको एक समारोहका वीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको मातहतमा रहने गरी सञ्चालन भएको नागरिक सहायकता कक्षले सीमा ओहोर दोहोर गर्दा समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने छ ।

कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले नेपालमै रोजगारीको सिर्जना नगर्दासमम भारत तर्फ जानुपर्ने बाध्यता रहने भएकोले कामका लागि जानेर काम गरेर फर्कने नागरिकहरुले ब्यहोर्नु परेका समस्या कम गर्ने उद्देशयले प्रदेश सरकारले सहायता कक्ष शुरु गरिएको बताए।

सीमानामा हुने समस्या कम गर्ने र भारत जाने नागरिकहरुलाई दुबै तर्फका कानूनी ब्यवस्थाबारे समेत जानकारी दिइने उनले बताए । उनले बैशाख १ गते देखि भारत जाने आउनेहरुको विवरण राख्न समेत शुरु गरिने बताए । 

प्रदेश सरकारले त्रिनगरमा जस्तै कञ्चनपुरको गड्डाचौकी नाका र टीकापुरको खक्रौला नाकामा समेत यस्तो सहायता कक्ष राख्ने योजना बनाएको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए ।