अत्तरियाले बिराटनगर किग्सलाई १० रनले पराजित

अत्तरियाले बिराटनगर किग्सलाई १० रनले पराजित

धनगढी प्रिमियर लिग  डिपिएल को आज भएको निकै महत्वपुर्ण खेलमा सिवाईसि अत्तरिया ले बिराटनगर किग्स लाई १० रनले पराजित गरेको छ ।यो हार सगै बिराटनगर प्रतियोगिता बाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि धनगढि स्टार्स पनि प्रतियोगिता बाट बाहिरिसकेको छ ।

यता जित हासिल गरेको सिवाईसि अत्तरिया ले पनि प्ले अफमा स्थान पक्का गरेको छ । आजको अत्तरियाको जितले महेन्दनगर युनाईटेड पनि प्ले अफमा स्थान बनाउने अर्को टिम बनेको छ ।

अब सिवाईसि अत्तरिया ले भोलि हुने लिग चरणको अन्तिम खेलमा काठमाण्डौ को सामाना गर्नेछ ।१ सय ४९ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको बिराटनगर किग्स ले २० ओवर पुरै खेलेपनि ८ बिकेट गुमाएर १ सय ३८ रनमा सिमित भएपछि नतिजा अत्तरियाले आफ्नो पक्षमा पारेको हो ।


ठुलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको बिराटनगर ले आफ्नो पहिलो बिकेटको रुपमा टिमको स्कोर १४ रन हुदा ओपनर ब्याट्सम्यान अर्साद उल्ला खान पठान लाई व्यक्तिगत १३ रनमा गुमाएको थियो । यसपछि हरि संङ्गखर शाह लाई टिमले ७ रनमा गुमाएको थियो ।शाह आउट भएपछि राजेश पुलामी मगर लगत्तै आउट हुन् पुगे उनि सुन्य रनमा पभेलियन फर्किदा आसिफ़ शेखले भने टिमका लागि ३९ रनको योगदान गरे ।

यस्तै पृथु बास्कोटा २३ रनमा दिपेन्द्र रावतको बल मा एल्बुडब्लुको सिकार हुन् पुगेपछि टिम दबाब मा आएको थियो । यसपछि टिमका अन्य ब्याट्सम्यान ले राम्रो प्रदसन गर्न नसक्दा टिम पराजित हुन् पुगेको हो ।बलिङ्ग तर्फ अंतरियाका लागि दिपेन्द्र रावत र भूवन कार्कीले समान ३ र३ बिकेट चटकाए भने कप्तान दिपेन्द्र सिह एरि ले पनि समान १ बिकेट लिन सफल भए ।

यसअघि फाप्ला क्रीकेट मैदानमा भएको खेलमा सुरुमा अत्तरियाले ट्स जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओवर पुरै खेलेर मात्र ३ बिकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो ।

जयकिशन कोल्सावाला र शनि पटेलको बिस्पोष्टक ब्याटिङको मद्दतमा अत्तरियाले यो स्कोर तर्फ पुगेको हो । दुबै अबिजित रहेका कोल्सावाला ले ५१ रन बनाए भने सनिले ६१ रनको योगदान गरे ।

३१ बलको सामना गरेका सनिले ५ चौका र ४ छ्क्का प्रहार गर्दै उत्कृष्ट आक्रमक ब्याटिङ गरे । यस्तै अत्तरियाका लागि जितेन्द्र सिँह ठ्कुरी ले १३ रन , कप्तान दीपेन्द्र सिँह एरिले १० रन बनाएका थिए बलिङ तर्फ बिराटनगरका लागि सुशन भारी र सम्साद शेखले समान १र१ बिकेट लिए ।