यी हुन् सलमानको भाग्य बदल्ने व्यक्ति, अक्षय कुमारलाई बनाए ब्लकबस्टर

यी हुन् सलमानको भाग्य बदल्ने व्यक्ति, अक्षय कुमारलाई बनाए ब्लकबस्टर

बलिउडका सबैभन्दा चर्चित निर्माता–निर्देशक भन्ने वा सलमान खानको भाग्य बदल्ने व्यक्ति... सय दुई सय करोडको फिल्म उनका लागि कुनै नौलो कुरा होइन ।

उनलाई मनपर्ने व्यक्तिको सूचीमा सलमान खान छन् भने उनले अक्षय कुमारलाई पनि शानदार फिल्म दिलाएका छन् । यहाँ कुरा हुँदैछ साजिद नाडियाडवालाको । आज साजिद आफ्नो ५३ औं जन्मदिन मनाइरहेका छन् ।

९० को दशकबाट करियरको सुरुवात गर्ने साजिद आज इन्डष्ट्रिमा यति ठूला स्टार हुन् कि उनले जसलाई चाहन्छन् उसलाई सुपरस्टार बनाउन सक्छन् । साजिद थुप्रै स्टारकिडका गड फादर हुन् ।

साजिद नाडियाडवालालाई बलिउडका सिक्वल किंग पनि भनिन्छ । उनको हाउसफूल–फोर चाँडै नै रिलिज हुने तयारीमा छ ।

‘किक’ सलमान खानको यो सबैभन्दा ठूलो ब्लकबस्टरको सिक्वलको तयारी चलिरहेको छ । ‘बागी’ टाइगर श्रोफलाई साजिदले नै लञ्च गरेका थिए । यस्तै यो फिल्मको तेस्रो सिक्वल अर्थात् ‘बागी थ्री’ को प्लानिङ चलिरहेको छ ।

साजिदको फिल्म निर्माण कम्पनीको नाम हो ‘नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट’ । साजिदको पहिलो फिल्म थियो ‘जुल्म की हुकूमत’ जसमा धर्मेन्द्र र गोबिन्दाले काम गरेका छन् । यस्तै, साजिदले बलिउडलाई थुप्रै धमाकेदार जोडी दिएका छन् ।

साजिद नाडियाडवाला आफ्ना विभिन्न विशेषताका कारण आज शीर्ष फिल्म निर्माताको सूचीमा समावेश छन् ।

जसमध्ये एक हो जोखिम लिने क्षमता र अर्को भने उत्कृष्ट जोडी बनाउन सक्नु । सन् १९९३ मा रिलिज भएको ‘वक्त हमारा हो’ मा सुनिल शेट्टी र अक्षय कुमारलाई साजिदले सँगै ल्याएका थिए र यो जोडीले ९० को दशकमा विभिन्न धमाकेदार फिल्म दिएका छन् ।

साजिद नाडियाडवालाले नै सलमानलाई ‘किक’ को रुपमा उनको करियरको सबैभन्दा धेरै कमाई गर्ने फिल्म दिएका छन् । यो फिल्मले बक्स अफिसमा दुई सय करोड भन्दा बढी कमाई गरेको थियो । यस्तै। सन् १९९६ मा रिलिज भएको फिल्म ‘जित’ का लागि सलमान खानलाई फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार पनि दिलाएको थियो । साजिदले अक्षय कुमारलाई हाउसफुल र टाइगर श्रोफलाइए बागीजस्ता शानदार फिल्म दिलाएका छन् ।

जुड्वा, किक, हाउसफुल, टु स्टेट्स, हिरोपन्ती, बागी र हाइवे साजिदका उत्कृष्ट फिल्ममध्येका एक हुन् ।