हेल्मेट नपाएपछि राइस कूकर टाउकोमा राखेर हिँडिन् यी महिला

हेल्मेट नपाएपछि राइस कूकर टाउकोमा राखेर हिँडिन् यी महिला

मानिसहरू हेल्मेट नलगाइकन मोटरसाइकल वा स्कूटर चढ्न रमाउँछन् । तर एक युवतीले हेल्मेटको ठाउँमा राइस कूकर राखेपछि भने त्यो फोटो भाइरल भएको छ । 

सिंगापुरको सडकमा मोटरसाइकलको पछाडि बसेकी युवतीले हेल्मेटको स्थानमा राइस कूकर लगाएकी थिइन् । हेल्मेट नपाएपछि उनले कूकर नै टाउकोमा राखिन् । 

यो तस्वीर मंगलवार फेसबूकमा अप्लोड गरिएको हो । फोटोले लाखभन्दा बढी लाइक पाइसकेको छ र ८६६ शेयर भइसकेको छ ।