मुख्यमन्त्री कप  अन्तर प्रदेश स्तीय खेलकुद प्रतियोगिता हुने

मुख्यमन्त्री कप  अन्तर प्रदेश स्तीय खेलकुद प्रतियोगिता हुने

स्वस्थ युवा प्रदेशको खम्बा भने मुल नारका साथ प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ धनगढीमा हुने भएको छ ।

मन्त्रालयले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री भट्टले सो प्रतियोगिता आउँदो चैत १, २ र ३ गते धनगढीमा आयोजना गरिने बताउनुभयो । प्रतियोगितामा ७ वटै प्रदेशका मुख्यमन्त्री सहित करिब ७ सय खेलाडीको सहभागिता रहेने जनाएको छ ।

चैत १ देखि ३ गते सम्म संञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिभल, क्रिकेट र ब्याटमिन्टन प्रतियोगिताको आयोजना हुने जनाएको छ ।