७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)

७३४१ कर्मचारीको समायोजन सकियो, कति कर्मचारी कहाँ ? (सूचीसहित)

सरकारले ७ हजार ३४१ कर्मचारीहरुको समायोजन सकेको छ । ती मध्ये अधिकांशको समायोजन संघमा भएको छ ।

हालसम्म समायोजन सकिएको ७ हजार ३४१ कर्मचारीहरुमध्ये संघमा समायोजन भएकाहरुको संख्या ५ हजार ६९१ छ । ९०७ जनाको प्रदेशमा र ७४३ जना स्थानीय तहमा समायोजन भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम सुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिइसकेको छ ।

कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुका अनुसार अहिले अधिकृतको समायोजनको काम जारी छ । अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ ।

अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी छ ।

५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६७६ सहसचिवमध्ये संघमा ५७४ र प्रदेशमा १०२ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।

२ हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा १ हजार ५३१, प्रदेशमा २३७ र स्थानीय तहमा २३८ जना समायोजन भएका छन् ।

यसैगरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३४१ जना संघमा, ३७१ जना प्रदेशमा र १७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।

यस्तै, लेखा समूहका ६१० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३२७ र प्रदेशमा १९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ ।

राजश्वतर्फ ५८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५७८ जना लेखा अधिकृत संघमै छन् ।

फागुन ५ गतेसम्म समायोजन भएका कर्मचारीहरुको विवरण

सि.नं.    श्रेणी  समूह  संघ   प्रदेश  स्थानीय तह   जम्मा कर्मचारी    
१. रा.प. विशिष्ट सचिव ५७ ५७
२. रा.प. द्वितीय सहसचिव वा सो सरह ५७४ १०२ ६७६
३. रा.प. द्वितीय उपसचिव (लेखा) १६० १७४
४. रा.प. द्वितीय उपसचिव (प्रशासन) ८३६ ८४८
५. रा.प. द्वितीय उपसचिव (राजश्व) १५२ १४ १६६
६. रा.प. द्वितीय उपसचिव (शिक्षा) १४६ ५६ २२७ ४२९
७. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/हाइड्रोपावर २० २०
८. रा.प. द्वितीय आर्थिक योजना तथा तथ्यांक सेवा/तथ्यांक ५८ ५८
९. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/जनरल मेकानिकल १७ १७
१०. रा.प. द्वितीय वन सेवा/जनरल फरेष्ट्री ३५ १०७ १४२
११. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/जनरल ४४ ३७ ८१
१२. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/हाइड्रोलोजी १४
१३. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/सर्भे ५६ ५७
१४. रा.प. तृतीय अधिकृत/प्रशासन २३४१ ३७१ १७८ २८९०
१५. रा.प. तृतीय अधिकृत/लेखा ६१० १९५ ३२७ ११३२
१६. रा.प. तृतीय अधिकृत/राजश्व ५७८ ५८०
जम्मा ५६९१ ९०७ ५६९१ ९०७

साभार : अनलाइरनखबर