दुर्घटनामा घाइते सिडिओ भट्टराईको निधन

दुर्घटनामा घाइते सिडिओ भट्टराईको निधन

सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ ।

उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।

एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो । कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए ।

तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।