सिवाईसि अत्तरियाले बिराटनगर किग्सलाई दियो १४९ रनको लक्ष्य

सिवाईसि अत्तरियाले  बिराटनगर किग्सलाई  दियो    १४९  रनको लक्ष्य

नेपाली घरेलु क्रीकेट प्रतियोगिताको चर्चित तथा पुरस्कार राशी सबैभन्दा धेरै भएको धनगढी प्रिमियर लिग डिपिएल  मा अहिले सिवाईसि अत्तरियाले बिराटनगर किग्सको सामना गरिरहेको छ ।

फाप्ला क्रीकेट मैदान मा जारी खेलमा सुरुमा अत्तरियाले ट्स जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओवर पुरै खेलेर मात्र ३ बिकेटको क्षतिमा १ सय ४८ रन बनाएको छ ।

जयकिशन कोल्सावाला र शनि पटेलको बिस्पोष्टक ब्याटिङको मद्दतमा अत्तरियाले यो स्कोर तर्फ पुगेको हो । दुबै अबिजित रहेका कोल्सावाला ले ५१ रन बनाए भने सनिले ६१ रनको योगदान गरे ।

३१ बलको सामना गरेका सनिले ५ चौका र ४ छ्क्का प्रहार गर्दै उत्कृष्ट आक्रमक ब्याटिङ गरे ।यस्तै अत्तरियाका लागि जितेन्द्र सिँह ठ्कुरी ले १३ रन , कप्तान दीपेन्द्र सिँह एरिले १० रन बनाएका थिए ।

बलिङ तर्फ बिराटनगरका लागि सुशन भारी र सम्साद शेखले समान १र१ बिकेट लिए ।अब अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउदै बिराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि ४ खेलबाट १ मा जित १ मा हार र दुई खेलमा अंक बाढेको बिराटनगरलाई आज अत्तेरिया विरुद्ध जित्नैपर्ने हुन्छ , यदि जितेको खन्डमा मात्र बिराटनगर प्ले अफमा पुग्नेछ ।

भने पराजित भएमा स्वत बाहिरिने छ । जसको प्रत्यक्ष फाईदा महेन्द्रनगर युनाईटेड लाई हुनेछ । बिराटनगर अहिले अंकतालिकामा ४ अंकसहित पाचौं स्थानमा छ ।यसकारण बिराटनगरका लागि यो खेल गर यारको स्थितिमा रहेको छ ।

यता अत्तरियाले जित निकालेमा अत्तरिया पनि प्ले अफमा सजिलै पुग्नेछ र अन्तिम खेलमा भोलि मङ्गलवार काठमाडौ सगँको खेलले उत्कृष्ट २ स्थानको टुङ्गो लाग्नेछ ।