दारी ग्याङ धनगढीले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसरमा सोमबार रगत परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समय रगतको अभावले अकालै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएकोले यसलाई मध्यनजर गरि रगत अभाव भईरहेको समयमा ब्लड गु्रप जानि राखे रक्तदान गर्न सजिलो हुने भएकाले सो कार्यक्रम गरीएको आयोजकले जनाएको छ ।
रक्तसंचार केन्द्र धनगढीको सहयोगमा भएको कार्यक्रममा धनगढीका २ सय ५ जनाले रगत परिक्षण गरेको जनाएको छ ।
रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले धनगढीमा बारम्बार रगत अभाव भईरहेको बेला दारी ग्याङ धनगढीले यस किसिमको कार्यक्रम गरेर अत्ति आवश्यक समयमा रगत उपलब्ध गराउन सजिलो हुने बताउनुभयो।
गालामा दारी, काँधमा जिम्मेवारी नारा सहित २०७२ मा स्थापना भएको दारी ग्याङ एक फेसबुक गु्रप हो । दारी पाल्ने मान्छेलाई बालबालिका अथवा अन्यहरुले हेर्ने गरेको गलत दृष्टिकोणलाई हटाउनका लागी यो ग्याङको स्थापना भएको हो ।