कैलालीको धनगढीमा सुरु हुने विद्यालय स्तरीय मृग गार्मेन्ट उद्योग लिटिल फ्लावर सुपर लिग अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को प्रथम पुरस्कार र सहप्रायोजकको टुङगो लागेको छ ।
आज धनगढीमा पत्रकार सम्मेलन गदै प्रथम पुरस्कार एडुपल नेपाल र सहप्रायोजक ईमेजबुक्स एण्ड स्टेनरीले गर्ने सम्झौता भएको लिटिल फ्लावर हाई स्कुलका प्रन्सिपल रामचन्द्र शाहीले बताए ।
प्रतियोगितामा धनगढी र अत्तरियाका गरि कुल १२ टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । विगतका बर्षहरुमा लिटिल फ्लावर प्रिमियर लिग अन्तर विद्यालय क्रिकेट प्रतियागिता गर्दै आएको लिटिल फ्लावर बोर्डिङ हाई स्कुलले यो बर्षबाट फुटबल प्रतियोगिता पनि सञ्चालन गर्न लागेको हो ।
उक्त प्रतियोगिता धनगढीको क्षेत्रिय रंगशालामा फागुन १३ गतेदेखि १८ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितालाई चटकपुरमा रहेको मृग गार्मेन्ट उद्यागले मुख्य प्रायोजन गरेको छ ।जिल्ला फुटबल संघ संग आबद्ध मान्यता प्राप्त रेफ्रीहरु द्धारा फिफाको नियम बमोजिम सञ्चालन गरिने छ भने लिग नकआउट बेसिसमा सञ्चालन हुने जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उप विजेताले १५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने जनाएको छ । उत्कृष्ट खेलाडीले नगद तिन हजार सहित ट्रफि ,मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ ।