कैलालीको अत्तरिया स्थित एक डान्स बारमा आगलागी

कैलालीको अत्तरिया स्थित एक डान्स बारमा आगलागी

धनगढी । कैलालीको अत्तरियास्थि एक हाटेलमा आगलागी भएको छ । गोदावरी नगरपालिकाको बसपार्क अगाडी रहेको टेक्सास डान्स बारको स्टोर रुममा आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागी भएको केही समयमै ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

गोदावरी नगरपालिकाको दमकलवाट प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएका हुन् । आगलागी दिउसो भएका कारण करोडौको क्षति हुनबाट जोगिएको छ ।