नगरपालिकाका सव ईन्जिनियर ६० हजार घुस लिदा-लिदैँ पक्राउ

नगरपालिकाका सव ईन्जिनियर ६० हजार घुस लिदा-लिदैँ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साठी ६० हजार घुससहित सव इन्जिनियरलाई पक्राउ गरेको छ ।  

आइतबार कञ्चनपुरको बेलौरी नगरबाट नगरपालिकाका सवइन्जिनियर ह्दयराज बजगाईलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता राजन नेपालका अनुसार उनलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरिएको हो।

नगरपालिकाको वडा नम्बर ४ र ६ जोड्ने कल्भर्ट निर्माणमा घुस मागेका बजगाईलाई कार्यालयबाटै पक्राउ गरिएको उनले बताए । 

पक्राउ परेका बजगाईलाई महेन्द्रनगर ल्याएर कारबाहीको प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ । 

बजगाईले निर्माण गर्ने ठेकेदारसँग अन्तिम कामको लागि ६० हजार रुपैयाँ नदिए पास नगरिदिने भनेपछि ठेकेदार अख्तियारको शरणमा पुगेको थियो ।