प्रहरीकै मिलेमतोमा कुखुरा तस्करी

प्रहरीकै मिलेमतोमा कुखुरा तस्करी

धनगढी : कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरु बाट अवैध कुखुरा नेपाल आउने गरेका छन् ।

यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारत बाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण नेपाली व्यवसायीहरुले दर्जनौ कुखुरा फर्म बन्द गरेका हुन ।

नेपालका फर्महरुमा उत्पादन भएको कुखुराको मूल्य भारतीय कुखुरा भन्दा केही महंगो हुने गरेको छ । चल्ला खरीद, दानापानी, विद्युत्, ढुवानीमा लागत भारत भन्दा नेपालमा बढी लाग्ने गरेकोले मूल्यमा केही भिन्नता हुने गरेको कुखुरा व्यवसायीहरुको भनाई छ ।

यसरी महंगो लागतमा उत्पादन गरेका कुखुराजन्य उत्पादनहरुले लागत अनुसारको मूल्य नपाउने नेपाली बजारमा प्रचलित मूल्यमा पनि बिक्रि नहुने भन्दै व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको सम्बद्ध व्यवसायीहरुले गुनासो गरेका छन् ।

कुखुरा व्यावसाय सञ्चालन गर्दै आएका कञ्चनपुर पुनर्बास नगरपालिका १० का स्थानीय व्यवसायी वीरबहादुर तामाङले अवैध कारोबारीका कारण आफ्नो व्यवसाय नै धरासयी भएको बताए ।

उनी भन्छन ‘हामीले अवैध तरिकाले ल्याएको कुखुरा समाएर प्रहरी लाई बोलाउँदा समेत प्रहरी आएर छोडि दिन्छ । मैले भारत बाट आउने कुखुरा नियन्त्रण गर्न लिखित निवेदन दिए तर प्रहरीले आँखै अगाडि बाट कुखुरा लैजाँदा समेत नदेखे झैं गर्छ ।

यता प्रहरी चौकी पचकडियाका प्रहरी सहायक निरीक्षक मोहन सिंहले बिहेका लागि ल्याइएको कुखुरा मात्रै छाड्ने गरको बताए