पशुपति शर्माको ‘लुट्न सके लुट, नेपालमै हो छुट’ बोलको गीत युट्युवबाट हटाइयो

पशुपति शर्माको ‘लुट्न सके लुट, नेपालमै हो छुट’ बोलको गीत युट्युवबाट हटाइयो

धनगढी । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको बजारमा ल्याएको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीत युट्युवबाट हटाइएको छ । शनिवार साढे ८ बजेसम्म ९ नम्बर ट्रेन्डिङमा रहेको बिबादास्पद गीत हटाइएको हो ।

गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेका थिए । गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ । केही शब्दमा परिमार्जन गरि पुनः सार्बजनिक गरिने गायक पशुपति शर्माले आफ्नो फेसबुक मार्फत जनाएका छन ।