जिपको ठक्करबाट बालकको ज्यान गयो

जिपको ठक्करबाट बालकको ज्यान गयो

बझाङमा जिपको ठक्करबाट १० वर्षीय बालकको मृत्य भएको छ ।शुक्रबार बेलुका सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिका जाँदै गरेको से १ज ६६४० नम्बरको जिपले ठक्टरबाट तल्कोट गाउँपालिका २ किथ्थु कुँवरका छोरा १० वर्षीय महेश कुँवरको मृत्यु भइको प्रहरीले जानकारी दिएको छ ।

घटना लगत्तै जिप चालक नरेश बोहरा फरार रहेको जनाइएको छ ।चालकको लाइसेन्ससमेत नभएको बुझिएको तल्कोट गाउँपालिका २ का वडा अध्यक्ष अक्कल बहादुर कुँवरले बताए ।

वडा अध्यक्ष अक्कल बहादुर कुँवरका अनुसार आक्रोसित स्थानीयले जिप तोडफोड गर्न खोजे पनि आफूले जोगाएको बताए । घटना स्थलमा शशत्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।