बैतडी समाज कैलालीको आयोजनामा धनगढीमा रक्तदान कार्यक्रम सुरु

बैतडी समाज कैलालीको आयोजनामा  धनगढीमा  रक्तदान कार्यक्रम सुरु

धनगढीका स्वास्थ्य संस्थामा बेला बेलामा देखिने रगत अभावलाई ध्यानमा राख्दै बैतडी समाज कैलालीले आज धनगढीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ ।

स्वास्थ्य संस्थाहरुमा रगत अभावका कारण बिरामीको उपचारमा समस्या पर्ने अवस्था पटक पटक आउने गरेकोले बिरामीलाई समस्या नपरोस भनेर बैतडी समाजले आज बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताउनुभयो ।

उहाँले आज बिहान नौ बजेदेखि शुरु गरेर दिनभरी रक्तदान कार्यक्रम गरिने जानकारी दिनुभयो । रक्तदान कार्यक्रम रातोपुलस्थित डिलाइट क्याफेको आगनमा आयोजना हुने आयोजक बैतडी समाज कैलालीले जानकारी दिएको छ ।