विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण

कैलाली :  नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका कलाकारहरुलाई फोटो शुट तथा टप लिष्ट को प्रमाणपत्र वितरण गरिएको छ । म्युजिक अवार्ड २०७६ को टपलिष्टमा परेका १८ विधाका ४८ जना कलाकारहरुलाई शुक्रबार धनगढीमा ,फोटो सेसन तथा प्रमाणपत्र वितरण गरिएको हो ।

नेपाल आइस विन्दास म्युजिक अवार्डका संयोजक हरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वड रहनुभएको थियो भने विशिष्ट अतिथीमा थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरी रहनु भएको थियो ।

प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख वडले थारु कला संस्कृति लगायत सबै समुदायको कला संस्कृति संरक्षण गर्नु पर्ने बताउनु भएको छ । लोप हुंदै गएको थारु मौलिक कला, संस्कृति एवम संस्कारलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत १ र २ गते धनगढीमा आयोजना गरिएको कार्यक्रममा १८ विधामा कलाकारहरुलाई अवार्ड बितरण गरिने संयोजक हरेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।

टप १० को भोटिङ फाल्गुन ५ गते देखि शुरु हुने जानकारी दिदै संयोजक चौधरीले अन्तिम भोटिङ फाल्गुन महिनाको २९ गते राती १२ बजे बन्द हुने हिमाल पोस्टलाई बताउनु भयो । अवार्डको प्रत्येक बिधाका ४० प्रतिशत भोटिङ , ५० प्रतिशत जुरी मेम्बर र १० प्रतिशत आयोजकको तर्फ बाट गणना गरि फाइनल छनोट गरिने संयोजक चौधरीले बताउनु भयो ।