बाजुराका ९५ बस्ती उच्च जोखिममा

बाजुराका ९५ बस्ती उच्च जोखिममा

बाजुरा जिल्लाका ९५ गाउँ उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका बस्तीमा बुढीगंगा नगरपालिकाका कुडी, बल्दे, नडाङ, गड्तोला, साउवाडा, खोडालवाडा, कोटवाडार फालासैन छन् ।

त्यसैगरी, त्रिवेणी नगरपालिकामा सबैभन्दा बढी बस्ती जोखिममा रहेका छन् । सोही नगरपालिकाका पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरिवाडा, नेपालीटोल, ताम्सु, नुवाकोट, गैरा, पन्धारा गाउँ, फल्नेतोला, विशाल बजार, सल्लेरी, किम्नीको ढोड क्षेत्र र पिपलसैन, राउतेला उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

समितिका अनुसार छेडदह गाउँपालिकाका नाउलीखोला, पैयापाटा, टुनीसैन, चास्ला, पारतोला, माडीखोला, बुढाथोकिबाडा, घंरेडी, सुदाडा र बल्दे पनि उच्च जोखिममा परेका बस्ती हुन् । गौमुल गाउँपालिकामा भने सबै भन्दाकम बस्ती जोखिममा रहे पनि छरिएका बस्तीलाई एकीकृत गर्न आवश्यक भएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

गौमुल गाउँपालिकाका माडी, सिम, गताडी, मल्लोदुगन, पौदाली, कुहुडा, पाटा, चल्लो काट्ना, आला, धल्काडा, कटीगाउँ, बेहरी, कोट, बसालालगायतका बस्ती जोखिममा रहेका छन् ।