सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले दुई हात र एक खुट्टा नभएका बुद्धिमान कुवर लाई सहयोग गरेको छ । आफ्नो दोस्रो बर्षलाई बिट मार्दै तेस्रो बर्ष मा प्रबेश गर्न लाग्दा सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले अशक्त दुई हात र एक खुट्टा गुमाएका बुद्धिमान कुवर लाई सहयोग गरेको हो ।
उक्त समाजले चार हजार पाच सय सहयोग गरेको हो । गैर राजनीति गैर नाफा मुलक को उदेश्य बोकेर अगाडी बढेको सु प समाज ले विभिन्न सहयोग गर्नुका साथै भारत मा आउने समस्यालाइ समाधान गर्दै आएको छ ।
सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि नारा भए पनि दुख पीडा मा परेका हरु जुन सुकै ठाउको भए पनि सहयोग गर्न सधै भरी तयार रहेको बताएको छ ।