बिकृती बिसंगतीलाई कथाका रुपमा लेखिएको कलिको कला कथा संग्रह बिमोचन

बिकृती बिसंगतीलाई कथाका रुपमा लेखिएको कलिको कला कथा संग्रह बिमोचन

धनगढी : समाजमा रहेका बिकृती बिसंगतीलाई कथाका रुपमा लेखिएको कलिको कला कथा संग्रह बिमोचन गरिएको छ । बिद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसको आयोजनामा कार्यक्रम भएको हो ।

युवा लेखक दर्पण शर्माको पहिलो कथा संग्रह कलिको कला भित्र १२ ओटा बिद्या रहेका छन । कथा लेखक दर्पण शर्माले कान्छा,चुतिया,ठेलागाडी,ऋतुमतीको गति,छाया,उठ्दै छ नेपाल, अल्लारे,लुकेको आस,कलिकोकला,हजार गुरु,कालोपाटी,आभार बिद्या रहेका छन् ।

उनले समाजका बिभिन्न बिकृतिलाई कथामा समेटिएको लेखक शर्माले बताए । बिमोचन कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका उपमेयर सुसिला मिश्र भट्टले कथा संग्रहको बिमोचन गरेकी हुन् । उनले १६ बर्षकै सानै उमेरमा कथा लेखेकोमा आफुलाई गौरब लागेको बताईन् ।

उनले कथा मार्फत समाजमा लुकेर रहेका कुराहरुलाई उजागर गर्न खोजेको बताईन् । कार्यक्रममा बिभिन्न ब्यक्तिको उपस्थीती रहेको थियो भने बिद्यार्थीहरुले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।